पहिलो चरणमै चुनाव जित्ने देउवाको दाबी
पहिलो चरणमै चुनाव जित्ने देउवाको दाबी
    • बेल संचार

    • २६ मंसिर २०७८, आईतवार

प्रधानमन्त्री देउवाले आफूले पहिलो चरणमै जित्ने दाबी गरेका छन् ।

शनिबार सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु।’ सभापति पदमा उम्मेदवारी दिएपछि ट्वीट गर्दै उनले भनेका छन्, ‘कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ। यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु।’

 

उनी निकटका नेताहरु पनि पहिलो चरणमै जित देउवाले निकाल्ने दाबी गर्छन् । तर, देउवाले पाँच वर्ष पार्टी हाँकीसकेका छन् । उनले नेतृत्व लिएको समयमा देशमा भएको तीन तहको चुनावमा कांग्रेस निकै कमजोर देखियो । वामपन्थी दलका अगाडी कांग्रेस निरीह देखियो ।  उनले हारमा समेत आफ्नो कमजोरीलाई स्वीकार गरेनन् ।

सरकारको नेतृत्व गरिरहेका भए पनि उनको शासन कालमा कांग्रेस नेता कार्यकर्ताले वाउ भन्ने खालको काम उनले गर्न नसकेको आरोप लाग्ने गरेको छ । यस्तोमा देउवाले दाबी गरेजस्तो पहिलो चरणमै सहजै चुनाव जित्ने सम्भावनालाई अर्का सभापतिका उम्मेदवार प्रकाशमान सिंहले स्वीकार गरेका छेनन् ।

उनको दाबी दोस्रो चरणको निर्वाचन हुने र त्यसमा आफू विजयी हुने छ ।  सिंहले पहिलो चरणमा निर्वाचनको मतपरिणाम नआउने दाबी गरेका छन् । आजै उम्मेदवारी दर्ता अघि घोषणा कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘पहिलो चरणमा होइन, दोस्रो चरणमा हाम्रो प्यानलै विजयी हुन्छ।’

इतर पक्षबाट शेखर कोइरालाको नेतृत्वमा रहेको प्यानलमा रहेका गगन थापा लगायतका नेताहरुका कारण पनि देउवाले भनेजस्तो सहज रुपमा जित निकाल्न कठिन हुने आकलन महाधिवेशन स्थलमा उम्मेदवारी दर्तापछि चुनावी परिणाम बारे पूर्वानुमान गरिरहेका कांग्रेस प्रतिनिधिहरुको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित