शनिवार अबेर राति पौडेल निवासमा देउवा, ४५ मिनेटमा के के भए कुराकानी ?
शनिवार अबेर राति पौडेल निवासमा देउवा, ४५ मिनेटमा के के भए कुराकानी ?
    • बेल संचार

    • २६ मंसिर २०७८, आईतवार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

पार्टीको १४औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिनुभएका नेता पौडेललाई भेटेर सभापति देउवाले सहयोग माग्नुभएको छ ।

शनिबार सभापतिको उम्मेदवारी दर्ता गरेपछि राति सवा ९ बजे बोहोराटारस्थित पौडेल निवास पुगेका देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई आग्रह गर्नुभएको हो ।
उहाँहरुबीच झण्डै ४५ मिनेटजति भेटवार्ता भएको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यको बारेमा छलफल गर्दै देउवाले परिवारिक कुराकानीसमेत गर्नुभएको थियो ।

शनिबार १४औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिनुभएको विज्ञप्ति जारी गरेर जानकारी दिएका नेता पौडेलले राष्ट्रिय राजनीतिमा भने रहिरहने बताउनुभएको थियो ।

कांग्रेसको आफ्नो सिद्धान्त, आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनमा सभापतिको दौडबाट आफू बाहिरिएको पौडेलले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित