कांग्रेस नेतृत्व चयनका लागि सोमवार निर्वाचन, ८१४ बुथबाट मतदानको तयारी
कांग्रेस नेतृत्व चयनका लागि सोमवार निर्वाचन, ८१४ बुथबाट मतदानको तयारी
    • बेल संचार

    • २६ मंसिर २०७८, आईतवार

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ ।

शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो ।  सोमबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भइरहेको छ । ८१४ बुथबाट सोमबार ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्नेछन् ।

साताकाे चर्चित
सम्बन्धित