नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरियता निर्धारण गरेको छ ।
आइतवार भक्तपुरमा बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीको वरियता निर्धारण गरेको हो।
वरियताक्रम अनुसार अध्यक्ष केपी शर्मा ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहनुभएको छ । उपाध्यक्षमध्ये युवराज ज्ञवाली वरियताको पहिलो नम्बरमा हुनुहुन्छ । त्यसपछि अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे रहनुभएको छ ।
माओवादी केन्द्र छाडेर एमालेमा आउनुभएका थापा उपाध्यक्षको चौथो वरियतामा रहनुभएको छ । उहाँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएका नेम्वाङ भन्दा अगाडि हुनुहुन्छ ।
३ जना उपमहासचिवमध्ये प्रदीप ज्ञवाली वरियताको पहिलो नम्बरमा हुनुहुन्छ । ज्ञवालीपछि पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल रहनुभएको छ ।
सचिवहरुमध्ये पूर्व माओवादी नेता टोपबहादुर रायमाझी र लेखकराज भट्ट पहिलो र दोस्रोमा हुनुहुन्छ । त्यसपछि क्रमशः रघुविर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई र पद्मा अर्याल रहनुभएको छ ।