देउवाले हारे गठबन्धन सरकार हट्दैन, नेतृत्व परिवर्तन हुन्छ : शेखर कोइराला
देउवाले हारे गठबन्धन सरकार हट्दैन, नेतृत्व परिवर्तन हुन्छ : शेखर कोइराला
    • बेल संचार

    • २६ मंसिर २०७८, आईतवार

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार कायम हुने बताएका छन् ।

आइतबार आफूलाई मत माग्नका लागि आयोजना गरिएको कार्यक्रममा शेखरले सभापतिका अर्का उम्मेदवार देउवाले आफूले हारे गठबन्धन सरकार हट्छ भनेको भन्दै नेतृत्व परिवर्तन हुने बताए ।

 

‘उहाँले म हारे भने यो गठबन्धन सरकार हट्छ भन्नु भयो। म प्रण गर्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छ’ उनले भने । उनले महाधिवेशनमा आफूले जितेपछि गठबन्धन अझ बढी संगठित हुने र निर्वाचनमा होमिने बताए ।
‘सरकारलाई अझ मजबुत बनाउने प्रयास हाम्रो नेतृत्वले गर्ने छ’ कोइरालाले भने ।

आफूहरु पार्टीका अनुभवी नेता देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला लगायतको अनुभवलाई लिएर अगाडि बढ्ने बताए।

महाधिवेशनपछि आफूहरु निर्वाचनमा केन्द्रीत हुने उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित