पहिलो चरणमै नेतृत्वको टुंगो लाग्छ : बालकृष्ण खाँण
पहिलो चरणमै नेतृत्वको टुंगो लाग्छ : बालकृष्ण खाँण

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ ।

    • बेल संचार

    • २७ मंसिर २०७८, सोमबार

काठमाडौं

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । १३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ ।

शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् । कुनै पनि सभापतिका एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन हुने कांग्रेस विधानमा उल्लेख छ ।

तर, पहिलो चरणबाट नेतृत्वको टुंगो लाग्ने देउवा समूहबाट सदस्यमा पदमा उम्मेदवारी दिएका बालकृण्ण खाँणले जानकारी दिए ।

मतदान गरेर बाहिरिने क्रममा उनले पहिलो चरणबाट नेतृत्वको टुंगो लाग्ने बताएका हुन् ।

देउवा सभापतिमा निर्वाचित हुने दाबी गरेका उनले गठबन्धनको सरकार टिकाउन पनि देउवा कांग्रेसको नेतृत्वमा आउन जरुरी रहेको बताए ।

साताकाे चर्चित
सम्बन्धित