माओवादी केन्द्र महोत्तरीको अधिवेशन : कतै विवाद, कतै सर्वसम्मत
माओवादी केन्द्र महोत्तरीको अधिवेशन : कतै विवाद, कतै सर्वसम्मत

नेकपा माओवादी केन्द्र महोत्तरीको पालिका र वडा अधिवेशन अझै सम्पन्न हुन सकेको छैन । 

    • विशाल बस्नेत

    • २८ मंसिर २०७८, मंगलवार

 

महोत्तरी,

नेकपा माओवादी केन्द्र महोत्तरीको पालिका र वडा अधिवेशन अझै सम्पन्न हुन सकेको छैन । कतै आका‌ंक्षीहरूबीच विवाद त कतै टोलभेला तथा सेल कमिटी नै नबनेको कारण अधिवेशन समपन्न हुन नसकेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

जिल्लाका १५ पालिकामध्ये सम्सी गाउँपालिका, सोनामा गाउँपालिका अधिवेशन नै भएको छैन भने  बर्दिबास नगरपालिकामा अन्य पदाधिकारी चयन भए पनि संयोजक चयन  हुन अझै बाँकी छ ।

बाँकी पालिकाका वडाहरूमा  टोल भेला तथा सेल कमिटी नबनेको कारण अधिवेशन हुन नसकेको नेताहरूले दावी गरे पनि विवाद सतहमा नै देखिएको छ ।

बर्दिबास नगरपालिकामा  दुई नेताहरूको आफ्ना उम्मेदवार बनाउनु पर्ने अडान कै कारण संयोजक टुंगिन नसकेको हो ।

माओबादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडका र पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा पाटीका स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलको कारण संयोजक टुंगिन नसकेको नेताहरू बताउँछन् ।

सम्सीमा पनि उस्तै विवाद छ । विवाद सावधान गर्नका लागी स्थानियस्तरमा प्रभावशाली नेता रजी हैदरले सहजीकरण गर्ने प्रयास गरे पनि निष्कर्षमा पुग्न सकेकाे छैन ।

`लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धा हुने भएत पनि हाम्रो पाटीले सबैजसो पालिकामा निर्विरोध पदाधिकारी चयन गरेको छ र बाँकी ठाउँमा पनि  सर्वसम्मतवाट अधिवेशन सम्पन्न हुन्छ´, इन्चार्ज राजु खडकाले भने ।

गाउँपालिकामा ५५ पदाधिकारी र नगरपालिकामा ६७ पदाधिकारी चयन गर्न पाउने माओjfदी केन्द्रको प्रावधान छ ।विशाल बस्नेत

साताकाे चर्चित
सम्बन्धित