२७३३ मतसहित कांग्रेस सभापतिमा देउवा विजयी
२७३३ मतसहित कांग्रेस सभापतिमा देउवा विजयी

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् ।

    • बेल संचार

    • २९ मंसिर २०७८, बुधबार

बुधवार बिहान  साढे २ बजे सार्वजनिक भएको मतगणनाको नतिजामा डा. शेखर कोइरालाई पराजित गर्दै देउवा विजयी भएका हुन् ।

कुल ४ हजार ६ सय २३ मत खसेकोमा देउवाले २ हजार ७३३ र कोइरालाले १ हजार ८५५ मत प्राप्त गरे । ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सोमवारको मतदानमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका थिए भने कोइरालाले १ हजार ७ सय ३ मत प्राप्त गरेका थिए । सोमवार भने ४ हजार ६८१ मत खसेको थियो ।

सोमवार भएको पहिलो चरणको मतदानमा स्पष्ट बहुमत आउन नसकेपछि मंगलवार दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा सभापतिको प्रतिष्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गरेका थिए ।

सिंह र निधिको समर्थनले देउवाको जीत सहज भएको हो ।

१३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर देउवा सभापतिमा विजयी भएका थिए ।

सभापतिको नजिता आएपछि अब सबैको ध्यान कांग्रेसका अन्य पदाधिकारीतर्फ गएको छ ।

साताकाे चर्चित
सम्बन्धित