छुरा प्रहार गरी भिनाजुकाे हत्या
छुरा प्रहार गरी भिनाजुकाे हत्या

गिरी कै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनकाे छातीमा छुरा प्रहार गरेका थिए । 

    • बेल संचार

    • २९ मंसिर २०७८, बुधबार

काठमाडौं

इटहरी उप-महनगरपालिका-४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीकाे हत्या गरेका छन् । गिरी कै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनकाे छातीमा छुरा प्रहार गरेका थिए ।

घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित