माओवादी केन्द्र कर्णाली प्रदेशकाे अध्यक्षमा बिमला केसी सर्वसम्मत चयन
माओवादी केन्द्र कर्णाली प्रदेशकाे अध्यक्षमा बिमला केसी सर्वसम्मत चयन
    • बेल संचार

    • २९ मंसिर २०७८, बुधबार

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन हुनुभएकाे छ। आज (बुधवार) बसेको प्रदेश कमिटीको बैठकले केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

मंगलवार सम्पन्न प्रथम अधिवेशनबाट पदाधिकारी छनोट गर्न नसकेपछि २ सय ११ सदस्य चयन गरेर अधिवेशन समापन गरिएको थियो ।

आज प्रदेश बैठकमार्फत अध्यक्ष छनोट गरिएको हो । अन्य पदाधिकारीको विषयमा छलफल चलिरहेको जनाइएको छ । केसी कर्णाली प्रदेशसभा सदस्यका साथै पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

साताकाे चर्चित
सम्बन्धित