भागबण्डा चाहिँदैन , गुटबन्दी गर्दैनौं – नेता डा. कोइराला
भागबण्डा चाहिँदैन , गुटबन्दी गर्दैनौं – नेता डा. कोइराला
    • बेल संचार

    • २९ मंसिर २०७८, बुधबार

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफू भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन्। महाधिवेशनमा मत दिने प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै सभापतिका उम्मेदवार कोइरालाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र भएकाले पराजयलाई स्वीकार गरेको उनले बताए।

उनले आफूलाई मत दिने कसैप्रति पनि कुण्ठा नभएको बताए। ‘म पराजित भएँ। निर्वाचन भएपछि हार्छ, जित्छ यो स्वाभाविक हो। मलाई कुनै कुण्ठा पनि छैन। कसले के गर्‍यो, किन गर्‍यो मेरो मनमा छैन। यो पार्टीभित्रको आन्तरिक लोकतन्त्र हो,’ डा. कोइरालाले भने।

नेता कोइरालालाई नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिँदै विगत ५ वर्षमा चले जसरी पार्टी चलाउन खोजे सशक्त रूपमा आफ्नो टिम प्रस्तुत हुने चेतावनी समेत दिएका छन्। १४औं महाधिवेशनले नेपाली काँग्रेसभित्र युवा पस्तालाई अवसर नै अवसर खोलिदिएको नेता उनको भनाइ थियो।

‘यो चुनावमा हाम्रो राजनीतिक मुद्दा र एजेन्डा स्थापित भएको छ। युवा पुस्तामा नेपाली काँग्रेसभित्र अवसर नै अवसर खोलिदिएका छौं,’ उनले भने। उनले सभापतिमा पराजित भए पनि काँग्रेस रूपान्तरणको अभियान नरोकिने बताए। ‘म आजैदेखि नेपाली काँग्रेसको रूपान्तरणको लागि लागिसकेको छु। निरन्तर रूपमा म तपाईंहरूको घरदैलोमा आइपुग्छु। मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्छु,’ उनले भने।

साताकाे चर्चित
सम्बन्धित