जबर्जस्ती करणी मुद्दामा फरार प्रतिवादी एक वर्षपछि पक्राउ
जबर्जस्ती करणी मुद्दामा फरार प्रतिवादी एक वर्षपछि पक्राउ
    • बेल संचार

    • १ पुष २०७८, बिहीबार

जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा बुधबार छायानाथ रारा नगरपालिका–५ का २२ वर्षीय शक्ति सिंह कामीलाई बुधबार पक्राउ गरेको हो । कामीलाई जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

 

उनकाअनुसार गत वर्षको मंसिरमा कामीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता भएसँगै उनी फरार रहेका थिए ।

साताकाे चर्चित
सम्बन्धित