काँग्रेस उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र धनराज गुरुङ
काँग्रेस उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र धनराज गुरुङ
    • बेल संचार

    • १ पुष २०७८, बिहीबार

काँग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनु भएको छ ।

खड्काले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २ हजार १ सय २१ मत पाएर विजयी हुनु भएको छ । त्यस्तै, धनराज गुरुङ १ हजार ९ सय ८ मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।

१ हजार ९ सय ६ मत प्राप्त गर्नु भएका उम्मेदवार विजयकुमार गच्छदार २ मतको झिनो अन्तरले पराजित हुनुभएको छ ।

यस्तै चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गर्नुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित