शुक्रवारकाे माैसम : चार प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र सुदूरपश्चिममा हल्का वर्षा हुने
शुक्रवारकाे माैसम : चार प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र सुदूरपश्चिममा हल्का वर्षा हुने
    • बेल संचार

    • २ पुष २०७८, शुक्रबार

शुक्रबारबाट नेपालमा मौसम प्रतिकूल हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय  प्रणालीका कारण शुक्रबार बिहानबाट सुदूरपश्चिम हुँदै पूर्वतिर बादल सर्नेछ ।

सो क्रममा  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ  ।

सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । तर आउँदो शनिवार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिएको महाशाखाले भनेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।

साताकाे चर्चित
सम्बन्धित