नवनिर्वाचित कांग्रेस महामन्त्री गगन थापाले आफ्नो कार्यकालमा आफूलाई विश्वास गरेकाहरूलाई निराश नपार्ने बताएका छन् । बिहीबार साँझ नेता कार्यकर्ता तथा सुभेच्छुकलाई सम्बोधन गर्दै थापाले आफूलाई गरेको विश्वासलाई डगमगाउन नदिने बताए ।
“गलत मान्छेलाई महामन्त्री बनाएछु भन्न दिने छैन । विश्वास डगमगाउन दिने छैनौँ,” उनले भने । उनले आफू पार्टी बलियो र देशप्रति थप जिम्मेवार बनाउन लागिपर्ने बताए ।
आफूलाई महामन्त्री बनाउन महिनौँदेखि लागेको भन्दै उनले अब खट्ने पालो आफ्नो भएको बताए । “तपाईंहरू मलाई महामन्त्री बनाउन महिनौँदेखि खट्नुभएको छ । अब खट्ने पालो मेरो,” उनले भने ।