सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणको रुपमा देखाउन मन्त्री पौडेलको आग्रह
सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणको रुपमा देखाउन मन्त्री पौडेलको आग्रह
    • बेल संचार

    • २ पुष २०७८, शुक्रबार

हरियाली साँग, बोटमा लटरम्म गोल्भेडा, स्याउ, आरु, अलैचीका बोट पनि । कुनै कृषि फार्ममा गएजस्तो महसुस हुन्थ्यो । राति परेको तुसारो बोटमा सेताम्मे थियो । केही खेत खनेर उब्जनीका लागि तयारी अवस्थामा थिए । विभिन्न मौसमका विरुवाहरु लगाउन केही ‘ट्याङ’ खनेर राखिएको छ । यो कुनै व्यक्तिले सञ्चालन गरेको फर्म नभएर सार्वजनिक विद्यालयले गरेको कर्म हो ।

निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि अनवर्त रुपमा खटिएको छ बुढानिलकण्ठ माध्यमिक विद्यालय । ५ देखि १२ कक्षा सञ्चालन गरेको विद्यालयमा एक हजार १ सय ३५ विद्यार्थी छन् । उनीहरु पनि विद्यालयको करेशाबारीमा काम गर्छन् । सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागूहुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रशंसा गरेका छन । विद्यार्थी र शिक्षकका लागि होस्टेलको व्यवस्था भएको विद्यालयमा आईटी, विज्ञान, कृषिलगायतका विषयमा प्रयोगात्मकसहित अध्ययन हुन्छ । ‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जिवनउपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ । देशकै उत्कृष्ठ नतिजा ल्याउने दावी गरेको विद्यालयले डा. महाविर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोवट बनाउने काममा अनुसन्धान गरिरहेको छ । विहीबार बिहान सोही विद्यालयको निरीक्षण गर्न जानुभएका मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

 

विद्यालयले निवाहमुखी कृषि प्रणाली भन्दा बैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्नुपर्ने मन्त्रीले सुझाव दिए । ‘विद्यालयको शैक्षिक गतिविधि राम्रो गरेको छ,’ उनले भने, ‘उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुहोस् ।’ मन्त्री पौडेलले विद्यार्थीको पढाईको विषयमा जिज्ञाशा राखेको थियो ।

बुढानिलकण्ठका विद्यार्थीहरुले जसरी अध्ययनसँगै उत्पादनमा जोड दिएका छन, त्यसरी अन्य विद्यालयले पनि यहाँबाट केही सिक्न जरुरी छ ।’ उनले भने ।

बजारमा जमिनको अभाव भएको बताउँदै भएको जमिनलाई व्यवस्थित गरि सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणको रुपमा देखाउन मन्त्रीले आग्रह गरे । विद्यालयका प्रध्यानध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दान गर्न थालेको बताए ।
‘११ सय ३५ विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउन पर्दैन,’ विद्यालयका प्रध्यानध्यापक आचार्य भने, ‘ रकारी खेतीबाट पहिलो सिजनमा १५ लाख आम्दानी गर्न सफल भयौं ।’

उनका अनुसार विद्यालयले लोकल जातको विरुवा उत्पादन गरी अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्ता फिल्डमा आएर अवलोकन गर्न पाउनेछन् ।

‘विद्यार्थीलाई विरुवा रोप्ने र उब्जी कसरी हुन्छ भन्ने सिकाउँछौं अनि विरुवा दिएर घर पठाउँछौं’ प्रअ आचार्यले भने । कक्षा ५ देखि १२ कक्षासम्म पढाइहुने विद्यालयलमा विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सिप सिकाउने गर्दछ । निरीक्षणमा पुग्नुभएका शिक्षामन्त्री पौडेललाई विद्यालयको विज्ञान ल्याव बनाइदिन विद्यार्थीले आग्रह गरेका थिए । विद्यालयमा उत्पादन भएको साँग तथा टमाटर शिक्षामन्त्रीलाई विद्यार्थीले ‘कोशेली’समेत दिएका थिए ।

साताकाे चर्चित
सम्बन्धित