रुपन्देही । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि शिक्षा नियमावली संसोधनको तयारी भइरहेको बताएको छ ।
बुटवलमा रहेको कान्ति माविको ६८औँ वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उनले स्थानीयस्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यही महिनामा नै शिक्षक सेवाबाट स्थायीरूपमा शिक्षक परिपूर्ति गर्न लागिएको बताए । बढी विद्यार्थी भएको स्थानमा सबैभन्दा बढी शिक्षक दरबन्दी सृजना गरिने र कम भएको स्थानबाट कटौतीसमेत गरिने उनको भनाइ छ ।