मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता रोकिएका महत्त्वपूर्ण कामको पुन: थालनी हुन सक्छ । वैदेशिक क्षेत्रको काम भने विस्तारै अगाडि बढ्न सक्छ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो हप्ता भाग्यले विभिन्न अवसर जुराउनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वास्थ्यमा सुधार पनि आउनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मध्य सातामा शुभकार्यको चर्चा चल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने र शेयर बजारको कारोबारमा सफलता पाइनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ । पारिवारिक जमघट हुनेछ । सामाजिक कार्यमा मन जानेछ । शेयर बजारबाट लाभ नै होला । राजनैतिक क्षेत्रमा पनि राम्रै सफलता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ काम वा रोजगार पाइनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला । आर्थिक मन्दी पनि आउन सक्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै कुरा र समाचारले मनमा शान्ति छाउनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । साताको अन्त्यमा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो हप्ता गरेको काममा ढिला सुस्ती हुनेछ । स्वास्थ्य प्रतिकूल र चोट पटकको भय छ सचेत रहनुहोला । मनमा चञ्चलता बढ्नेछ, आफन्तले सहयोग गर्नेछन् । मध्य साताबाट धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आकस्मिक धन लाभ हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साताबाट शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानीले राम्रै प्रतिफल देला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि पनि बढ्नेछ । मध्य सातामा भने अरुको भरपर्दा धोकामा परिने छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता रमणीय र सुखद् यात्राको योग छ । प्रविधि मार्फत साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । मध्य सातामा अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता समाजसेवा र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुन सक्नेछ । पारिवारिक सद्भाव बढेर जानेछ । नयाँ व्यक्तिसँग भेटघाट र सहकार्य गर्ने समय छ । शेयर बजार भने सामान्य नै रहनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको सुरुका दिनमा मनोरञ्जनका साथै धार्मिक यात्रामा रुचि बढ्नेछ । पठन पाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । मध्य साताबाट क्रोध, प्रतिशोध, रिसराग र आवेग माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।