कारबाहीमा परेका क्रिकेटरलाई फुटबल टिमका कप्तान किरणदेखि अभिनेता दयाहाङसम्मको समर्थन
कारबाहीमा परेका क्रिकेटरलाई फुटबल टिमका कप्तान किरणदेखि अभिनेता दयाहाङसम्मको समर्थन

सामाजिक सञ्जालमा कतिपय सेलिब्रेटीले समेत चासो व्यक्त गर्दै आफ्नो धारणा राखेका छन्।

    • बेल संचार

    • ४ पुष २०७८, आईतवार

नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरलाई कारबाही गरेपछि अहिले सामाजिक सञ्जालमा यो विषयले चर्चा पाएको छ। सामाजिक सञ्जालमा कतिपय सेलिब्रेटीले समेत चासो व्यक्त गर्दै आफ्नो धारणा राखेका छन्।

हाल व्यवसायिक खेलका लागि माल्दिभ्समा रहेका राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बूले खेलाडीसँग राजनीति नगर्न आग्रह गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्- कृपया खेलाडीहरूसँग राजनीति नगर्नुहोस् र खेलको यो सुन्दर ग्रहमा राजनीति नघुसाउनुहोस्।

यता अभिनेता दयाहाङ राईले पनि खेलाडीले जारी गरेका विज्ञप्ती राख्दै आफूलाई चित्त नबुझेको भन्दै लेखेका छन्-  मलाई त चित्त बुझेको छैन भने खेलाडीहरूलाई झन् कसरी चित्त बुझ्ला। मेरो समर्थन जहिले खेलाडीहरूलाई।

यसैगरी गायक प्रमोद खरेलले ट्विटरमार्फत क्रिकेट विवाद चाडै टुंग्याउन आग्रह गरेका छन्।   क्रिकेट विवाद टुंग्याउ, खेलाडीलाई प्रोत्साहन गर, महत्वपूर्ण प्रतियोगिता आउँदैछन्, एक ढिक्का भएर अघि बढौं अनि एक ढिक्का भएर खेलौं, खेल्ने वातावरण बनाउँ, प्रतिशोध र आवेगभन्दा देश ठूलो हो,’ क्रिकेटका पारखी समेत रहेका खरेलले लेखेका छन्।

साताकाे चर्चित
सम्बन्धित