महिलालाई जबर्जस्ती गर्न खोज्ने काँग्रेस नगर कमिटीका उपसभापति पक्राउ
महिलालाई जबर्जस्ती गर्न खोज्ने काँग्रेस नगर कमिटीका उपसभापति पक्राउ
    • बेल संचार

    • ५ पुष २०७८, सोमबार

नेपाली काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति किरण घिमिरेलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रण लिए पनि उनीमाथि लागेको आरोप प्रहरीले सार्वजनिक गरेको छैन । सिद्धार्थनगर वडा नम्बर ७ का वडा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत रहेका पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरी स्रोतका अनुसार एक महिलामाथि जवर्जस्तीकरणीको उद्योग अन्तर्गत घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । एक महिलाले आफूमाथि घिमिरेले जवर्जस्तीकरणीको प्रयास गरेको भन्दै प्रहरीमा तीन दिन अघि जाहेरी दिएकी थिइन् ।

महिलाको जाहेरी पछि लगत्तै घिमिरेलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो । ती महिलालाई जागिर लगाइदिने भन्दै कोठामा पुगेर करणी प्रयास गरेको प्रहरीसमक्ष महिलाले दाबी गरेकी छन् ।

साताकाे चर्चित
सम्बन्धित