एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित   
    एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित   

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ललित आयोगको आव २०७६÷०७७ र आव २०७७÷७८ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची थियो ।         

    • बेल संचार

    • ५ पुष २०७८, सोमबार

    काठमाडौँ, 
नेकपा(एमाले)को अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ललित आयोगको आव २०७६÷०७७ र आव २०७७÷७८ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची थियो ।

बैठक सुरु हुने वित्तिकै एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुको माग सम्बोधन नभएकाले राष्ट्रियसभाको बैठक अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले १०औँ बैठकदेखि नै आफूहरुले उठाएको माग सम्बोधन हुन नसकेका कारण आफूहरुले सहज रुपमा बैठक अगाडि बढाउन नदिने बताउनुभयो ।

प्रतिनिधिसभाका सभामुखले आफूहरुले कारबाही गरेका सांसदका सम्बन्धमा कुनै पनि निर्णय नगरेका कारण बैठक अगाडि बढ्नुको अर्थ नभएको तर्क उहाँले गर्नुभयो । एमालेलेका सांसदले उभिएर विरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आशन ग्रहण गर्न पटक पटक आग्रह गर्नुभएको थियो । त्यसपछि राष्ट्रियसभाको अर्को बैठक अर्को सूचना जारी नहुँदासम्म स्थगित भएको सभाध्यक्ष तिमिल्सनाले जानकारी गराउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित