रक्षामन्त्री मीनेन्द्र रिजालको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
रक्षामन्त्री मीनेन्द्र रिजालको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
    • बेल संचार

    • ५ पुष २०७८, सोमबार

रक्षामन्त्रीबाट डा मीनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गर्नुभएको हो । राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्नुहुने भएको छ ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको थियो ।

चुनावमा पराजित भएपछि नैतिकरूपमा राजीनामा दिएको रिजालले बताउनुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित