गैँडाको खागसहित ६ जना पक्राउ
गैँडाको खागसहित ६ जना पक्राउ
    • बेल संचार

    • ५ पुष २०७८, सोमबार

संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो देखिने १ किलो १० ग्राम तौल भएको वस्तुसहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे बेदान गाउँपालिका-४ बस्ने ४१ वर्षीय वीरमान तमाङ, काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने ४२ वर्षीय बेद बहादुर दनुवार, पाँचखाल नगरपालिका-३ घर भई सोही नगरपालिका-४ बस्ने ३१ वर्षीय सोहन कार्की, पाँचखाल बस्ने २० वर्षीय नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुली घर भएका ४१ वर्षीय भिम बहुर थिङ, भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका-५ घर भएका ३२ वर्षीय भिम तमाङ रहेका छन् ।

गैँडाको खाग अवैध रुपमा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बौद्धबाट उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानका लागि सोमबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित