सरल सहयात्री माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षमा
सरल सहयात्री माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षमा
    • बेल संचार

    • ६ पुष २०७८, मंगलवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् ।

उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई पारजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । गौतम लाई ७६ भोटले उछिन्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन ।

 

जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १६२ मत ल्याए । गौतमले ८६  मत ल्याए । अध्यक्षमा सहमति नभएपछि सोमबार निर्वाचन भएको थियो ।

प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मदतदान गरेका थिए । उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् । सचिवका  उम्मेदवार रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन् ।

 

साताकाे चर्चित
सम्बन्धित