नेकपा माओवादीको बागमती प्रदेशका बिजेता पदाधिकारी कसले कति मत ल्याए (सूचीसहित)
नेकपा माओवादीको बागमती प्रदेशका बिजेता पदाधिकारी कसले कति मत ल्याए (सूचीसहित)
    • बेल संचार

    • ६ पुष २०७८, मंगलवार

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १६२ मत ल्याए ।

गौतमले ८६ मत ल्याए । अध्यक्षमा सहमति नभएपछि सोमबार निर्वाचन भएको थियो ।प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए । त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् । उनले १४९ मत ल्याए ।

 

उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन् ।सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन् ।

साताकाे चर्चित
सम्बन्धित