मंगलबार १ बजे संसद् बैठक, सम्भावित कार्यसूचीमा एमसीसी छैन
मंगलबार १ बजे संसद् बैठक, सम्भावित कार्यसूचीमा एमसीसी छैन
    • बेल संचार

    • ६ पुष २०७८, मंगलवार

प्रतिनिधिसभाको दशौं अधिवेशनको दोस्रो बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

मंगलबारको बैठकमा प्रस्तुत हुने चार वटा कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित