मिलन पाण्डे विवेकशीलबाट निष्काशित
मिलन पाण्डे विवेकशीलबाट निष्काशित
    • बेल संचार

    • ६ पुष २०७८, मंगलवार

विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ।

पार्टीमा गम्भीर क्षति पुर्‍याउने गरी बदनीयतपूर्ण ढंगले पार्टी विधान र केन्द्रीय कमिटीका निर्णयहरु विपरीत निरन्तर गतिविधि गरेको भन्दै पार्टीबाट निष्काशन गरिएको विवेकशील साझाले जनाएको छ।

पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टिकरण गरिएकोमा एक दिन ढिलो जवाफ दिएको र सोधिएका प्रश्नको पनि चित्तबुझ्दो जवाफ नआएको हुँदा कारबाही गरिएको विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्।

‘तपाईंले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ,’ अध्यक्ष मिश्रले भनेका छन्, ‘अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१)को अधिकार प्रयोग गर्दै तपाईंलाई आजैको मितिदेखि लागु हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ।’

साताकाे चर्चित
सम्बन्धित