देश बनाउने पार्टी एमाले मात्रै हो – अध्यक्ष ओली
देश बनाउने पार्टी एमाले मात्रै हो – अध्यक्ष ओली
    • बेल संचार

    • ६ पुष २०७८, मंगलवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मात्रै यो देश बनाउने पार्टी भएको दाबी गरेका छन् । उनले कपिलबस्तुमा आयोजित जनसभालाई संवोधन गर्दै काँग्रेस हजुरबाको ईतिहास सुनाउने र माओवादी क्रान्तिको नाममा उत्पात मच्चाउने शक्ति भएको ब्यग्य गरे ।

काँगेस र माओवादीको नाम नलिईकन उनले त्यो संकेत गरेका हुन् । उनले अबको निर्वाचनमा जनताले भ्रम फैलाउने सबैलाई जवाफ दिएर फर्काउने चेतावनी दिए ।

प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै उनले कम्युनिष्ट पार्टी फुटाएर काँग्रेसको नेतृत्वमा निकम्मा र षड्यन्त्रकारी सरकार बनाएको आरोप लगाए । एमालेले गरेको विकास देखेर अन्य पार्टीको सातो गएको ओलीको जिकिर छ ।

ओलीले नेपालको जमिन बाँझो राखी भारतलाई पानी दिन नसकिने बताए । ‘यता नेपालतर्फको जमिन बाँझो छ । उता भारततर्फ नेपालको पानीले सिँचाइ भई खेती भएको छ,’ ओलीले भने । कपिलवस्तुमा सिँचाइको लागि नौमुरे जलाशय परियोजना आवश्यक रहेको बताए । सभालाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने दाबी गरे ।

साताकाे चर्चित
सम्बन्धित