आगलागीमा परी एक बालिकाकाे मृत्यु
आगलागीमा परी एक बालिकाकाे मृत्यु
    • बेल संचार

    • ७ पुष २०७८, बुधबार

राैतहट । आज  करिब ३ बजे फतुवा विजयपुरमा आगलागी हुदाँ जलेर एक बालिकाकाे मृत्यु भएकाे छ । आगलगी जिल्लाकाे फतुवा बिजयपुर नगरपालिका-१ स्थित वरगिनियामा भएकाे हाे ।

आगलागीबाट स्थानीय जोकु राय यादवको ३ वर्षीया छाेरी आराध्याकुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । त्यस्तै, स्थानीय संजीव साहको अन्दाजी २ वर्षीय छाेरा रोहित साह जलेर गम्भीर घाइते भएका हुन् ।

प्रहरीका अनुसार स्थानीय राम बिश्वास राय यादवले मदन यादवको घर नजिकै रहेकाे खाली जग्गामा राखेकाे १ बिघा खेतकाे धान जलेर नष्ट भएकाे छ । केही बालबालिकाहरुले आगाेसँग खेल्ने क्रममा धानमा आगलागी भई साे धान बालीकाे छेउमै भएकाे अन्दाजी दुई लाख बराबरकाे घर पुर्णरुपमा क्षतिग्रस्त भएकाे बताइएकाे छ ।

स्थानीय रामविश्वास राय यादवको अन्दाजी पन्चानब्बे हजार बराबरकाे धान जलेर नष्ट भएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित