तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश स्वीकृत
तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश स्वीकृत
    • बेल संचार

    • ७ पुष २०७८, बुधबार

तेजाब तथा घातक रासायनिक पदार्थ नियमनका लागि सरकारले ल्याएको अध्यादेश संसद्ले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेको अध्यादेश संसद्ले स्वीकृत गरेको हो ।

अघिल्लो सरकारले जारी गरेको अध्यादेश संसद्मा पेस हुन नसकेपछि स्वतः निस्क्रिय भएको थियो । तेजाब आक्रमणका घटना बढेपछि त्यस्ता घटनाका दोषीलाई कडा सजायको व्यवस्था आवश्यक भएका कारण सरकारले अर्को अध्यादेश जारी गरेर उक्त कानुन कार्यान्वयनमा राखेको थियो । त्यसरी कार्यान्वयनमा रहेको अध्यादेश सरकारले संसद्मा पेस गरेको हो ।

संसद्बाट अध्यादेश स्वीकृत भएसँगै अब प्रतिस्थापन विधेयकमार्फत तेजाब तथा घातक रासायनिक पदार्थको प्रयोगबाट आक्रमण गर्नेहरूलाई कडा कारबाही गर्ने गरी स्थायी कानुनको व्यवस्था गर्ने बाटो खुला भएको छ ।

साताकाे चर्चित
सम्बन्धित