राष्ट्रिय सम्मेलन : कहाँबाट कति प्रतिनिधि सहभागी हुँदैछन् ?
राष्ट्रिय सम्मेलन : कहाँबाट कति प्रतिनिधि सहभागी हुँदैछन् ?
    • बेल संचार

    • ७ पुष २०७८, बुधबार

नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदैछ। पुस ११ बाट १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा देशभरबाट १५ सय प्रतिनिधि सहभागी हुने माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रदेशबाट ८ सय ३ सहभागी हुने बताए। त्यस्तै आयोजकबाट १७९, सल्लाहकारबाट १४९ जना, जेष्ठ कम्युनिष्टबाट १२५, आयोगबाट ७५, केन्द्रीय विभागहरूबाट १० प्रतिशतका दरले १०२ जना, केन्द्रीय प्रतिनिधि २७ जना सहभागी हुने छन्।

उनका अनुसार जम्मा संख्याको ५ प्रतिशत मनोनीत गर्ने पनि बताएका छन्। उनले पूर्व जनमुक्ति सेना र एकताको प्रक्रियामा आएकासहित १५ सय ३३ जना सहभागी हुने पनि बताएका छन्। पुस ११ गते प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुने राष्ट्रिय सम्मेलनको तयारी थालिएको पनि माओवादीले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित