सरकार र प्रतिपक्ष संसदको अवरोध खुलाउन गम्भीर भएन : अध्यक्ष लिङ्देन
सरकार र प्रतिपक्ष संसदको अवरोध खुलाउन गम्भीर भएन : अध्यक्ष लिङ्देन
    • बेल संचार

    • ८ पुष २०७८, बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसदको अवरोध छिटोभन्दा छिटो हटाउन पहल गर्न सरकार र सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद खुलाउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाए ।

 

 

बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको समस्या समाधान गर्ने थलो संसद चाँडो खुलाउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने बताए । अध्यक्ष लिङ्देनले भने, ‘लामो समयदेखि संसद जुन अवरुद्ध भइराखेको छ । यसले संसदको उपहास भइराखेको छ । संसद जहाँ, जनताको समस्याहरूको आवाज उठाउने थलो हो ।

 

यसमा जुन प्रकारको नियमित रुपमा संसद अवरुद्ध हुने अनि प्रमुख प्रतिपक्ष र सरकार दुवै यस विषयमा चाँही गम्भिर नबन्ने जुन काम भएको छ । त्यो दुःखदायी छ । यसको म निन्दा गर्न चाहन्छु । र चाँडोभन्दा चाँडो सरकार, संसदको सभामुख सबैको पहलबाट संसदको अवरोध खुलाउनु पर्छ ।’ अध्यक्ष लिङ्देनले नियमित रुपमा संसद अवरुद्ध हुने काम दुःखद् भएको भन्दै चिन्ता व्यक्त गरे ।

साताकाे चर्चित
सम्बन्धित