पछिल्लो समय विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेको छ ।
चालु आवको सुरुदेखि रेमिट्यान्स आय लगातार घटिरहेको अवस्थामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको हो । योसँगै आगामी दिन रेमिट्यान्स आफ्नै लयमा फर्कन संकेत देखिएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत वर्षका सुरुका चार महिनामा प्रतिदिन औसत ३ सय ५८ जना युवा विदेश गएका थिए । चालु वर्ष या संख्या १ हजार २०३ पुगेको छ । यो कार्तिकमा मात्र श्रम स्वीकृति लिएर चार हजार २९५ महिलासहित ५४ हजार ९१८ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो वर्ष विदेश जानेको संख्या झण्डै कोभिडअगाडिको जस्तै छ ।