कैलालीको टीकापुर नगरपालिका– ६ का विक्रम चौधरी यस वर्ष वर्षा कम भएका कारण धानउत्पादन राम्रो हुने भन्दै खुसी हुनुहुन्थ्यो । बाह्र बिघा क्षेत्रफलमा धान खेती गर्नुभएका विक्रम आफ्नो खेतको धान हेरेर आफैँ मख्ख पर्नुहुन्थ्यो । उनको त्यो खुसी धेरै समय रहेन । धान काटेर खेतभरी बनाइएको धान बाढीले बगायो । बाँकी रहेको धान सरकारले तोकेको समर्थन मूल्यमा बिक्री गर्न पाएपछि लगानीसम्म आउला भन्ने आशा विक्रमको मरेको थिएन ।
कात्तिकमा भित्र्याएको धान खाद्यको पर्खाईमा पुससम्म घरमै रह्यो । अन्ततः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिदका लागि टीकापुर नगरपालिका–७ मा खरिद केन्द्र स्थापना गरी धान खरिद सुरु गरेपछि विक्रम बाढी र डुबानबाट बचाएको २० क्विन्टल धान ट्र्याक्टरको ट्राली भरेर सत्ती पुग्नुभयो । खाद्यले विक्रमको धान तोकिएको मापदण्डअनुसार नभएको भन्दै फिर्ता गर्यो । “मूल्य पाइन्छ भनेर बाहिर धान बिक्री गरिएन । केन्द्रले पनि धान गुणस्तरीय छैन भन्दै फिर्ता गरिदियो”, उनले भने, “बाढीबाट बचाएको धान बेचेर लगानी उठाउने आश थियो, त्यो पनि म¥र्यो ।”