आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वमा बसिरहने आफ्नो चाहना नभएको बताएका छन् ।
न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले माओवादीलाई पनि बुर्जुपा पार्टी बनाउन चाहनेहरुले मात्र आफ्नो विरोध गरेको बताए ।
‘यो पार्टीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले कति बसेको भनेर… मानौं मैले व्यक्तिगत रुपले बसेको जस्तो । यो मेरो व्यक्तिगत कुरा होइन । यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु त’ उनले भने।