देशी विदेशी शक्तिहरुले बहुमतको सरकार ढाल्यो : ओली
देशी विदेशी शक्तिहरुले बहुमतको सरकार ढाल्यो : ओली
    • बेल संचार

    • ८ पुष २०७८, बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले आफ्नो सरकार ढालेको बताउनुभएको छ ।

बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको आरोप लगाउनुभएको हो ।

यो सरकार विस्थापन गर्न नयाँ जनादेशको विकल्प नरहेको उहाँको भनाइ छ । गठबन्धनको सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप लगाउनुभयो ।

पछिल्लो समय आयात र भ्रष्टाचार बढेको बताउदै उहाँले धितो राखेर पनि कसैले ऋण लिन पाउने अवस्था नभएको ओलीको भनाइ थियो ।

विकास, सुशासन र सम्मृद्धिको पक्षमा काम गर्ने पार्टीका रुपमा एमालेले जनताको विश्वास जितेको अध्यक्ष ओलीको दाबी थियो ।

साताकाे चर्चित
सम्बन्धित