प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन र फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको महत्वपूर्ण भूमिका भएको बताएको हो । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले मुलुकमा विधिको शासन, मानवअधिकार, नागरिक अधिकार र कानूनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गरे ।
“विधिको शासन, मानवअधिकार संरक्षण गर्ने कार्य स्थापना कालदेखि नै यो संस्थाले गर्दै आएको छ”, प्रधानमन्त्री देउवाले भने, “फौजदारी कानून, नागरिक अधिकार र कानूनी शासनको कार्यान्वयनका लागि व्यवसायिकरुपमा यो संस्थाले काम गर्दै आएको छ ।” प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि संविधान र कानूनको क्षमताले भ्याएसम्म विशिष्टिकृत तरिकाले आफ्नो काम पूरा गर्ने विश्वाससमेत व्यक्त गरे ।