शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सरकारसँगै समुदायको पनि दायित्व हुने बताको छ ।
टेकु पचली क्षेत्रको पुनःनिर्मित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदा उद्घाटन तथा हस्तान्तरण समारोहमा आज उनले सो कुरा बताएको हो । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले उक्त क्षेत्रको पुनःनिर्माण सम्पन्न गरी सरकारी र निजी गुठी संस्थालाई हस्तान्तरण गरेको हो । आयोजनाले संरचना हस्तान्तरण गरेसँगै दायित्व नसकिने उल्लेख गर्दै उनले हस्तान्तरणपछिको सञ्चालनको तरिका बनाउन सकेमात्र दिगो व्यवस्थापन हुन्छ भने ।