ओलीले अर्बौंको सम्पत्ति लुटेको देख्दा मन पोल्छ -अध्यक्ष नेपाल
ओलीले अर्बौंको सम्पत्ति लुटेको देख्दा मन पोल्छ -अध्यक्ष नेपाल
    • बेल संचार

    • ९ पुष २०७८, शुक्रबार

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको संरचना र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको देख्दा मन पोल्ने गरेको बताएका छन्।समाजवादी प्रेस संगठन नेपाल बाँकेले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘पार्टी कामलाई व्यवस्थित गर्न कार्यालय चाहिन्छ सबै बन्दोबस्तो गर्नुपर्छ विभिन्न कमिटीले गरिरहेका छन्,’ उनले भने, ‘हिजो हामीले यत्रो त्याग र संघर्षले तयार गरेको संरचना, भवन र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको देख्दा मन पोल्छ।’ उनले आफूले २०३२ सालदेखि हिजोसम्म आइपुग्दा नेकपा एमाले बनाएर हिँडेको स्मरण गर्दै आज विद्रोह गर्नुपर्ने स्थिति आएको बताए।

‘सन्तानजस्तै पार्टी जन्माउने म। सन्तान नै अर्काले कब्जा गरिदिएपछि के गर्ने? कम्युनिष्ट पार्टी जोगाउन र आन्दोलन जोगाउनका लागि विद्रोह गर्नुपर्‍यो,’ उनले भने।

साताकाे चर्चित
सम्बन्धित