सुदूरपश्चिम प्रदेशका दुई वटा स्थानीय तहमा वडा थप गर्न संघीय सरकारलाई सिफारिस
सुदूरपश्चिम प्रदेशका दुई वटा स्थानीय तहमा वडा थप गर्न संघीय सरकारलाई सिफारिस
    • बेल संचार

    • ९ पुष २०७८, शुक्रबार

सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशका दुई वटा स्थानीय तहमा वडा थप गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

अछामको रामारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

रामारोशन गाउँपालिकामा अहिले सात वडा रहेको छ । सो गाउँपालिकामा वडा विभाजन गरी १२ बनाइने छ भने नौ वटा वडा रहेको बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गरी ११ बनाइने छ ।

यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा पेस भएको अस्थायी रूपमा कर्मचारी दरबन्दी र फर्म नवीकरण गर्ने समयावधि र जरिवाना मिनाहा सम्बन्धमा पनि निर्णय भएको छ ।

साताकाे चर्चित
सम्बन्धित