विद्युतीय मतदानका लागि निर्वाचन आयोगको तयारी, विदेशबाटै मतदान गर्न सकिने
विद्युतीय मतदानका लागि निर्वाचन आयोगको तयारी, विदेशबाटै मतदान गर्न सकिने

विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ आयोगले विद्युतीय मतदानको तयारी थालनी गरेको हो ।

    • बेल संचार

    • ९ पुष २०७८, शुक्रबार

निर्वाचन आयोगले विद्युतीय मतदानका लागि तयारी थालेको छ ।

विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ आयोगले विद्युतीय मतदानको तयारी थालनी गरेको हो । नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने आयोगको योजना छ । आयोगका सचिव गोकर्णमणि दुवाडी का अनुसार विदेशमा करिब ४० लाख नेपाली नागरिक छन् ।

यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत सङ्कलन गरिएको थियो । सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल भएको बताइन्छ ।

नेपालमा पालिकाको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित