राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ दलले गरे निर्वाचन आयोगमा दल दर्ता
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ दलले गरे निर्वाचन आयोगमा दल दर्ता
    • बेल संचार

    • १० पुष २०७८, शनिबार

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया शुरु हुने प्रयोजनका लागि दल दर्ताको समय पनि शनिबार सकिनुअघि १२ दलले दल दर्ता गरेका हुन् ।

‘हिजो शुक्रबार आठ र आज चार वटा दलले दल दर्ता गराएका छन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिलो हुने जानकारी हिजै गराउनुभएको थियो ।’, निर्वाचन आयोग अन्तर्गत राजनीतिक दल शाखाका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्ले जानकारी दिनुभयाे ।

दल दर्ता गराउने मध्ये माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल परिवार दल गरी नौ वटा दलले सातै प्रदेशको राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

नेपाल मजदुर किसान पार्टीले भने बागमती प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मात्रै दल दर्ता गराएको छ । लोकतानित्रक समाजवादी पार्टी नेपालले प्रदेश २ र सुदूरपश्चिम प्रदेशका लागि र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ को राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गरेको वाग्लेले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित