माओवादी केन्द्रको राष्टिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदै, अध्यक्ष र केन्द्रीय समिति चयन हुने
माओवादी केन्द्रको राष्टिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदै, अध्यक्ष र केन्द्रीय समिति चयन हुने
    • बेल संचार

    • ११ पुष २०७८, आईतवार

नेकपा माओवादी केन्द्रको राष्टिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादीले यसलाई राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो । पौष ११ गतेबाट १३ गते सम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा चल्ने राष्ट्रिय महाधिवेशनमा कोही पनि विदेशी पाहुनालाई आमन्त्रण नगरेको बताइएको छ । राष्ट्रिय महाधिवेशनबाट माओवादी केन्द्रले अध्यक्ष बाहेकका पदाधिकारी चयन नगर्ने सम्भावना बढेको छ । राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना रहेको माओवादी केन्द्रका एक शीर्ष नेताले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहालले तत्काललाई पदाधिकारीलाई पूर्णता दिन अनिच्छा व्यक्त गरेको स्रोतको दाबी छ । महाधिवेशन नेतृत्व चयन भन्दा पनि विचारको बहसमा केन्द्रीत गर्नुपर्ने दाहालको भनाइ छ ।

बहस र छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको माओवादीले जनाएको छ । केहीलाई हलमा र केहीलाई टेन्टमा बहसको व्यवस्था गरिएको छ भने ८÷९ वटा छलफल पार्टी कार्यालय पेरिसडाँडामा गर्ने तयारी माओवादी केन्द्रको छ । यसअघि २०६९ माघमा मकवानपुर जिल्लाको हेटौंडामा आयोजना गरिएको सातौं महाधिवेशनको मोडेलमा नेतृत्व चयन गर्ने दाहालको तयारी रहेको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित