आजको मौसम
आजको मौसम
    • बेल संचार

    • १२ पुष २०७८, सोमबार

साेमवार देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।

त्यस्तै, साेमवार राति देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरु केही स्थानहरूमा मा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा/सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित