अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ मा, फागुन ७ गते विधान महाधिवेशन
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ मा, फागुन ७ गते विधान महाधिवेशन
    • बेल संचार

    • १२ पुष २०७८, सोमबार

नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन चैत २२ देखि २४ सम्म हुने भएको छ ।

अनेरास्ववियुको झापाको बिर्तामोडमा भएको केन्द्रीय सचिवालय बैठकले फागुन ७ गते विधान महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक पुस १० र ११ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको बिर्तामोडमा बसेको थियो ।

यसअघि बुधबार बसेको अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बैठकले पुस १५ देखि २२ सम्म जिल्ला अधिवेशन गर्ने, पुस २५ देखि माघ २ गतेभित्र विश्वविद्यालय राष्ट्रिय कमिटी सम्मेलन गर्ने र पुस १३ देखि माघ २ गतेसम्म सम्पर्क कमिटी सम्मेलन गर्ने निर्णय गरेको गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित