वामदेवले गरे प्रचण्डको प्रशंसा, एकदमै सुसंकृत र भव्य मन्तव्य
वामदेवले गरे प्रचण्डको प्रशंसा, एकदमै सुसंकृत र भव्य मन्तव्य
    • बेल संचार

    • १२ पुष २०७८, सोमबार

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल को प्रशंसा गर्नुभएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीको आठौं महाधिवेशन उद्घाटन समारोमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उहाँको प्रशंसा गर्नुभएको हो ।

सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनको तुलनामा प्रचण्ड एकदमै सुसंकृत र भव्य देखिनुभयो ।’

साताकाे चर्चित
सम्बन्धित