सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए– बाबुराम, वैद्य, बादल र विप्लव। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दाहिने–देब्रे हात मात्र होइन, बलिया साथ थिए उनीहरू। माओवादी शान्ति प्रक्रियामा आएपछि क्रमशः सत्ता र शक्तिको खेलमा जेलिँदै गयो। पार्टी र अवसरमा दाहालको एकछत्र चल्दै गयो। दाहालको दबदबाबाट बिरक्तिएका चारै ‘ब’ ले क्रमशः पार्टी छाडे। चुनौती दिनेले मैदान खालि गरेपछि दाहालसामु नेतृत्वको प्रश्न उठाउने हैसियतको कोही रहेन।