५०० रुपैयाँका नयाँ नोट बजारमा
५०० रुपैयाँका नयाँ नोट बजारमा
    • Bell Sanchar

    • १२ पुष २०७८, सोमबार

सगरमाथा, लालीगुराँस, पाटेबाघ र कुबेरको चित्रले सजिएका ५०० रुपैयाँका नयाँ नोट शुक्रवारदेखि नेपाली बजारमा आएका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रवारदेखि ५०० रुपैयाँका नयाँ नोट प्रचलनमा ल्याएको हो ।

राष्ट्र बैंकअन्तर्गत मुद्रा व्यवस्थापन विभागका अनुसार साबिककै आकारमा तथा रंगमा संकेत नम्बर छ/३८०००००१ देखि झ/४२९९९९९९ सम्मका ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा आएका हुन् ।

नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । गभर्नरको दस्तखत रहने स्थानमा महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा र विक्रम संवत् २०७७ लेखिएको छ ।

३.५ मिमि चौडा भएको रंग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको छ । सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रंग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रंग देखिने) कुबेरको चित्र रहेको छ । गोरखापत्रमा खबर छ ।

साताकाे चर्चित
सम्बन्धित