कर्णालीका नौ जिल्लामा लगाइँदै खोप  
     कर्णालीका नौ जिल्लामा लगाइँदै खोप  

जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका भित्रका २० हजार बालकालिकालाई मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।    

    • बेल संचार

    • १२ पुष २०७८, सोमबार

खलङ्गा, 
जुम्लाका स्थानीय तहका करिब २० हजार बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका भित्रका २० हजार बालकालिकालाई मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी, तातोपानी र तिला गाउँपालिकामा ७ पुसदेखि १० सम्म मोर्डना खोप लगाउन थालिएको छ ।” १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्याङ्क सङ्कलन गरी कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा ११ पुसदेखि खोप लगाउने तयारी भइरहेको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो । नगरभित्रका तीन हजार ८०० बालबालिकालाई मोर्डना खोप लगाउने लक्ष्य छ । शुक्रबारसम्म एक हजार ९३५ जना बालबालिकालाई मोर्डना खोप लगाइसकिएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख क्षेत्रबहादुर महतले बताउनुभयो ।

सुर्खेत बाहेक कर्णाली प्रदेशका ९ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीका अनुसार मोर्डना खोपको पहिलो मात्रा शनिबारदेखि १४ पुससम्म र दोस्रो मात्रा आगामी दुई देखि १० माघसम्म लगाइने बताउनुभयो ।

साविकका गाविसमा ९ वटा केन्द्र र हालका स्थानीय तहका प्रतिवडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको निर्देशनालयका सूचना अधिकारी केसीले बताउनुभयो । स्वास्थ्य कर्मचारी, शिक्षक, शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ ।

विद्यालय नजाने बालबालिकालाई पनि नजिकैको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप लगाउन पाँचभन्दा बढी बालबालिका उपस्थित हुनुपर्ने र ६ घन्टाभित्र लगाइ सक्नुपर्ने छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका ९ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको निर्देशनालयका सूचना अधिकारी केसीले बताउनुभयो ।”

साताकाे चर्चित
सम्बन्धित