माओवादी बन्दसत्रमा प्रचण्डले भने– यथास्थितिमा एमसीसी कुनै हालतमा पारित हुँदैन
माओवादी बन्दसत्रमा प्रचण्डले भने– यथास्थितिमा एमसीसी कुनै हालतमा पारित हुँदैन
    • बेल संचार

    • १२ पुष २०७८, सोमबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संशोधनपछि मात्र एमसीसी पारित हुनसक्ने बताउनुभएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दाहालले यथास्थितिमा एमसीसी पास नहुने बताउनुभएको हो । उहाँले एमसीसी संशोधनपछि मात्र रित गर्ने नीति लिइएको उल्लेख गर्नुभएको हो । एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको बताउदै उहाँले यथास्थितिमा कुनै पनि हालतमा पारित नहुने जिकिर गर्नुभएको छ ।

त्यस्तै उहाँले आफ्नो राजनीतिक प्रतिवेदनमा २०७७ फागुन २३ गते नेकपा विवादमा सर्वोच्च अदालतले गरेको फैसला अस्वाभाविक र राजनीतिक भएको पनि उल्लेख गर्नुभएको छ ।

अध्यक्ष दाहालको प्रतिवेदनमा भनिएको छ– ‘संसदीय दलको बहुमतले केपी शर्मा ओलीलाई दलको नेताबाट पनि निष्कासित गर्‍यो। आधिकारिक र वैधानिक रुपले गरिएको उपरोक्त निर्णयलाई तत्कालीन निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी गरेको ऐन, नजिरविपरित र अन्त्यमा सर्वोच्च अदालतको अस्वाभाविक राजनीतिक फैसलाका कारण पार्टी एकता असफल बनाइयो,’ प्रतिवेदनमा भनिएको छ, ‘यही फैसलाले पार्टी एकतालाई असफल तुल्याइयो।’

साताकाे चर्चित
सम्बन्धित